सुन तस्करी प्रकरण : पूर्व सभामुख महरासँग सीआईबीले लियो बयान


काठमाडौं –  सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पूर्व सभामुखसमेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको बयान लिएको छ।

उच्च स्रोतले दिएको जानकारी अनुसार महराको सोमबार साँझ पौने सातदेखि साढे सात बजेसम्म ४५ मिनेट बयान लिइएको हो। भेपमार्फत् भएको सुन तस्करी प्रकरणमा यसअघि सीआईबीले महराका छोरा राहुल महरालाई नियन्त्रणमा लिएको थियो।

उक्त प्रकरणमा संलग्न चिनियाँ नागरिकसँग महराको फोन सम्पर्क देखिएकाले महराको बयान लिइएको स्रोतले जनाएको छ। फ्लाई दुबईको जहाजमार्फत गत पुस १० गते भित्रिएको भेपमार्फत् ९ किलो सुन बाहिरिएको थियो।

प्रतिक्रिया