सरकारले बिद्यार्थीको दिवा खाजा कटाएर गरिव बालबालिका माथी अपराध गरे : सांसद यादव


काठमाडौं – नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले बिद्दार्थीको दिवा खाजा रोकिएकोमा आपत्ति जनाएका छन ।

प्रतिनिधि सभाको जारी बैठकमा बोल्दै कांग्रेस सांसद यादवले दिवा खाजा रोकेर सरकारले बालबालिका माथी अपराध गरिरहेको आरोप लगाएका हुन् ।

‘धनुषाको सामुदायिक बिधालयमा दिवा खाजा रोक्का गरिएको छ, गरिबका बिधार्थीले पाउँदै आएको दिवा खाजा रोकिएकाले उनीहरु भोकभोकै परेका छन, यो दिवा खाजा तुरून्त खुवाउन सुरू गरियोस,’ यादवको माग रहेको छ । उनका अनुसार सरकारका कारण जनतामा क्रमशः आक्रोश बढाएको छ, जसलाइ तत्कालै सम्बोधन गर्नु पर्ने उनको भनाइ छ ।

 

प्रतिक्रिया