आईओईको प्रवेश परिक्षा असोज २२ देखि


काठमाडौं – इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले असोज २२ गतेदेखि प्रवेश परीक्षा गर्ने भएको छ ।

शुल्क विवादका कारण लामो समयदेखि रोकिएको स्नातक तहतर्फको प्रवेश परीक्षा अनिश्चित बनेको थियो ।

डीन प्राडा शशीधर राम जोशीले एक सूचना जारी गर्दै शैक्षिक वर्ष २०८०/०८१ को स्नातक तह (बीई तथा बिआर्क) को प्रवेश परीक्षा असोज २२ गतेदेखि सञ्चालन गरिने बताए ।

यसका लागि असोज १७ देखि १९ गतेसम्म फाराम भर्ने समय थप गरिएको छ । यसअघि फाराम भरेका विद्यार्थीहरूले पुनः फाराम भर्नु नपर्ने डीनको कार्यालयले जनाएको छ ।

संस्थानले शुल्क बढाउने निर्णय गरेपछि विद्यार्थीहरू आन्दोलित बनेका थिए । जसले गर्दा भदौका लागि तोकिएको प्रवेश परीक्षा अनिश्चितकालका लागि रोकिएको थियो ।

 

प्रतिक्रिया