एकैदिन सुनको मूल्य तोलामा १३ सयले घट्यो


काठमाडौं – एकैदिन सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको छ ।

मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेर १ लाख ६ हजार ६ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सोमबार मात्रै प्रतितोला १ लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भएको तेजाबि सुन आज १ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज चाँदीको मुल्य तोलामा ३० रुपैयाँले घटेर १ हजार ३१० रुपैयाँ कायम भएको छ । गत साताको मंगलबार प्रतितोला ४ सय रुपैयाँले घटेर १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । भने, बुधबार तोलामा ८ सय रुपैयाँले घटेर १ लाख ११ हजार रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, बिहिबार एकैदिन तोलामा १४ सय रुपैयाँले घटेर १ लाख ९ हजार ६ सय रुपैयाँमा झरेको थियो । भने, शुक्रबार तोलामा ८ सय रुपैयाँले, आइतबार ८ सय रुपैयाँले र सोमबार एक सय रुपैयाँले सुनको मुल्य घटेको छ ।

त्यसैगरी एक सातामा सुनको मुल्य ५ हजार २ सय रुपैयाँले घटेको छ ।

प्रतिक्रिया