दीपेन्द्रले लिए दोस्रो विकेट, विस्फोटक ब्याट्सम्यान जैसवाल आउट


काठमाडौं – नेपाललाई भारतविरुद्ध ठूलो सफलता हात लागेको छ । भारतका लागि शतक प्रहार गरेका यसवसी जैसवाल आउट भएका छन् ।

जैसवाल सय रन बनाएर आउट भएका थिए ।

उनलाई दीपेन्द्र सिं ऐरीले रोहित पौडेलको हातबाट आउट गराएका थिए ।

अहिलेको अवस्थामा भारत १७ ओभरमा १५६ रन बनाएर चार विकेट गुमाएर खेलिरहेको छ ।

यससँगै दीपेन्द्रले २ विकेट लिएका हुन् । अन्य दुई विकेट सोमपाल कामी र सन्दीप लामिछानेले लिएका थिए ।

प्रतिक्रिया