एमाले कोशीमा मतगणना सुरू


काठमाडौं – नेकपा (एमाले) कोशी प्रदेश अधिवेशन अन्तर्गत आइतबार राति भएको निर्वाचनको मतगणना सुरू भएको छ। नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको मतणना सोमबार साझ ५ बजेदेखि सुरू भएको हो।

७ स्थानबाट मतगणना सुरू भएको छ। ९९७ जना प्रतिनिधि रहेको प्रदेश अधिवेशनमा ९७७ मत खसेको थियो। अधिवेशनमा ३५ स्थानमा मतदान भएको थियो। अधिवेशनमा अध्यक्षका लागि दुई नेता विनोद ढकाल र घनश्याम खतिवडाबीच चुनावी प्रतिस्पर्धा भएको थियो। मतदान आज बिहान ५ बजे सकिएको थियो।

अधिवेशनबाट ५ पदाधिकारीसहित २१५ सदस्यीय समिति निर्माण हुनेछ। त्यसका लागि ४ सय ५० जनाको उम्मेदवारी परेको थियो।

प्रतिक्रिया