श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा देखिएका समस्याप्रति सरकार गम्भीर : सञ्चारमन्त्री


काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताएकी छन्। सोमबार सिंहदरवारमा सञ्चारमाध्यममा देखिएको समस्याका बारेमा नेपाल पत्रकार महांसंघ र श्रमजीवी–पत्रकार संघको ध्यानाकर्षण कार्यक्रममा मन्त्री शर्माले ऐन कार्यान्वयनमा देखिएको समस्याप्रति सरकार गम्भीर रहेको भन्दै आवश्यक परे समाधान गरिने बताएकी हुन्।

मन्त्री शर्माले ऐन कार्यान्वयन हुन नसक्नुको कारण पहिचान गर्नुपर्ने र ऐनमा कमी कमजोरी देखिए पूर्ण बनाउनुपर्ने धारणा राखिन्। उनले सञ्चारमाध्यममा देखिएको श्रमका समस्याप्रति मन्त्रालय जानकार रहेकाले सूचना तथा प्रसारण विभागलाई समाधानका लागि आग्रह गरिएको बताइन् । मन्त्री शर्माले सहज रुपमा श्रम सम्बन्धी विषय हल हुन नसके कानुनी बाटो खुल्ला गर्नुपर्नेमा मन्त्रालय प्रष्ट रहेको बताए।

त्यस्तै पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले सवै कानून लागू भएपनि श्रमजीवी–पत्रकारसम्बन्धी कानुन लागू हुन नसकेको बताए।

विभिन्न सञ्चारमाध्यममा व्यवस्थापकले श्रमजीवी-पत्रकारलाई जबर्जस्त निष्काशन,तलब रोक्का, अनावश्यक सरुवा गरेकोमा कानुन अनुरुप कारवाही पारिश्रमिक वृद्धि,ऐनमा तोकिएको सेवासुविधा लागू गर्नेलगायतका विषयमा नेपाल पत्रकार महासंघ र श्रमजीवी–पत्रकार संघ,नेपालले संयुक्त रुपमा सञ्चार मन्त्रीको ध्यानाकर्षण गराएको हो ।

प्रतिक्रिया