मंगलबार लोसपाको पदाधिकारी बैठक बस्ने


काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी नेपालको पदाधिकारी बैठक बस्ने भएको छ । मंगलबार सो पार्टीको पदाधिकारी बैठक बस्ने भएको हो ।

सो पार्टीको पदाधिकारीसहित नयाँ केन्द्रीय समिति सार्वजनिक भएपछि पहिलो बैठक बस्ने भएको हो । लोसपाले असोज ८ गते ३११ सदस्यीय केन्द्रीय कार्य समिति सर्वजनिक गरेको छ । जसमा ६३ जना पदाधिकारी रहेका छन् ।

लोसपाका सचिव मनिष मिश्रकाअनुसार पदाधिकारी चयन भएपछिको यो पहिलो बैठक बस्न थालेको हो । यो बैठकले पार्टी संगठन तथा समसामयिक विषयमा छलफल गर्ने उनले बताए ।

‘केन्द्रीय समितिप्रति पार्टीभित्र नै असन्तुष्टि छ । केन्द्रीय समितिमा केही आउनै पर्ने नेता आएका छन्, केही नआउनुपर्ने पनि आएका छन् । पदाधिकारी गठन पनि भद्रगोल भएको छ, यी सबै विषयमा छलफल हुने सम्भावना रहेको छ’ सो पार्टी निकट स्रोतले भनेको छ ।

 

प्रतिक्रिया