जनता समाजवादी फकाउँदै प्रचण्ड–नेपाल समूह


काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समुहले जनता समाजवादी पार्टी नेपाल (जसपा) का नेताहरूसँग छलफल गरेका छन्।

आज नेकपाको केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा नेकपाका दुवै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठलगायत नेतासँग छलफल गरेका हुन्। नेकपाका एक नेताका अनुसार दुई पार्टीबीच सत्तत सहकार्य गर्ने विषयमा छलफल भएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते गरेको संसद् विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि प्रचण्ड र नेपालले अन्य दलसँगको छलफललाई तीव्र पारेका छन्।

मंगलबार सर्वोच्चको संसद पुनस्थापना गर्ने आदेश लगतै दाहाल नेपाल समुहले पमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा सभापति सेरबहादुर देउवासँ उनकै निवास वुढानिलकण्ठ पुगेर सत्ता सहकार्यको प्रस्ताव गरेका थिए । पार्टीमा छलफल गर्ने भन्दै सभापति देउवाले आज पदाधिकारी बैठक बोलाएका छन्।

तयसैगरी आज बिहिबार दाहाल-नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा उपाध्यक्ष वामदेव गौतमलाई उनकै निवास भैसेपाटी पुगेका सत्ता सहकार्यको प्रस्ताव गरेका छन् ।

गौतमले भने आफू एकताको पक्षमा रहेकोले पार्टीलाई एकढिक्का भएर अगाडी बढाउनु पर्ने जवाफ दिएको गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले जानकारी दिए। दुई जनाबीच झण्डै एक घण्टा छलफल भएको थियो।

प्रतिक्रिया