

चीनसँगको नाका खुलेपछि दोलखामा तस्करी बढयो, थप ४ किलो सुन बरामद

काठमाडौं – दोलखाको बिगु गाउँपालिका–१, लामबगरबाट प्रहरीले थप ४ किलो सुन बरामद गरेको छ ।
प्रहरीले केही दिनअघि दोलखाबाट दुइपटक ३ किलो र ४ किलो गरी ७ किलो सुन बरामद गरेको थियो । सोही स्न तस्करीको अनुसन्धान गर्दै जाँदा आइतबार थप चार किलो सुन पनि भेटिएको हो । योसँगै दोलखाबाट बरामद भएको सुनको मात्रा ११ किलो पुगेको छ ।
यो सुन दोलखाको चीनसँगको फलेक नाकाबाट आएको हो । सो नाका केही समय अगाडी मात्रै सर्वसाधारणका लागि खुला गरेको थियो । फलेक नाका खुलेपछि दोलाखामा सुन तस्करी बढेको प्रहरीले जनाएको छ ।

