

डाक्टर कुटिएपछि सेवा बन्द गरेर केएमसी अस्पतालमा विराध प्रदर्शन

काठमाडौं – सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा डाक्टरमाथि कुटपिट भएपछि त्यहाँका चिकित्सकहरु विरोधमा प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले काम बन्द गरेर अस्पताल अगाडिको सडकमा धर्दा नदिएका छन् ।
मिर्गौला रोगको परीक्षणका लागि बहिरंग सेवा (ओपीडी)मा आएका बिरामीले आइतबार दिउँसो साढे १२ बजेतिर इन्टर्न डाक्टर मनिष खड्कामाथि आक्रमण गरेको अस्पताल प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए ।
नेफ्रोलोजीको ओपीडीमा बिरामी लिएर आएका ३–४ जनाको समूहले डाक्टरमाथि कुटपिट गरेको पाइएको प्रहरीले जनाएको छ। भीड बढी भयो एकछिन बाहिर जानूस् भन्दा डाक्टरमाथि आक्रमण भएको पाइएको छ।
उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले रुपक गौतम सरोज गौतमलाई पक्राउ गरेको छ । डाक्टरहरुले आफूहरूको सुरक्षा र कुटपिटमा संलग्नलाई कारबाहीको माग राखेका छन् ।

