जलहरी प्रकरणः तत्कालिन सदस्यसचिवसहित ३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाडौं – पशुपतिनाथको सुनको जलहरीमा हिनामिना गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तीन जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

आइतबार अख्तियारले विशेष अदालतमा तत्कालीन सदस्य सचिव प्रदिप ढकाल, तत्कालीन कोषाध्यक्ष एवं हालका सदस्य सचिव डा. मिलनकुमार थापा र स्टोरकिपर अरूणकुमार श्रेष्ठविरूद्ध मुद्दा दायर गरेको हो।

उनीहरूमाथि एक करोड १७ लाख १ हजार ७२१ रुपैयाँ भ्रष्टाचार गरेको आरोप छ।

प्रतिक्रिया