

केएमसीका डाक्टर कुट्ने दुई जना पक्राउ

काठमाडौं — काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) का चिकित्सकलाई कुटपिट गर्ने दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गुल्मी घर भई काठमाडौंको चाबहिल बस्दै आएका ३४ वर्षीय सरोज गौतम र रुपक गौतम रहेका काठमाडौं प्रहरी परिसरका प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक कुमोद ढुंगेलले जानकारी दिए ।
चिकत्सक कुटपिट गरिएको भन्दै मेडिकल कलेजका रेसिडेन्ट डाक्टरहरू अस्पताल परिसरमै धर्नामा बसेका छन् ।
चिकित्सकहरुले अस्पताल परिसरमा विरोध प्रदर्शन गरिरहेका छन् ।

