

अनमोल केसीलाई म्याद थपका लागि अदालत लगिँदै

काठमाडौंं — ठगीको आरोपमा पक्राउ परेका अभिनेता अनमोल केसीलाई अदालतमा उपस्थित गराउन लागेको छ ।
प्रहरीले म्याद थपका लागी केसीलाई जिल्ला अदालत काठमाडौँमा उपस्थित गराउने भउको हो । उनलाई केही बेरमा म्याद थपका लागि जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइँदै छ ।
केसीलाई शुक्रबार आपराधिक विश्वासघात गरेको कसुरमा उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो ।
केसीलाई पक्राउपछि महराजगञ्ज स्थित चिरायु अस्पतालमा राखिएको छ । रावायण फिल्म खेल्छु भनेर १० लाख पेस्की लिएर खेल्न आनाकानी गरेपछि निर्माण युनिटले उनीविरुद्ध ‘आपराधिक विश्वासघात’ गरेको कसुरमा जाहेरी दिएका थिए ।

