तीनकुने पुलबाट मोटरसाइकल खस्दा १ को मृत्यु, १ घाईते


काठमाडौँ – काठमाडौँको तिनकुनेस्थित पुलबाट मोटरसाइकल बागमती नदीमा खस्दा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

बानेश्वरबाट कोटेश्वरतर्फ जाँदै गरेको बा–०२–०३९ च ११९७ नम्बरको मोटरसाइकल पुलबाट खसेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।

दुर्घटनामा परेर भक्तपुरको चाँगुनारायण घर भएका १७ वर्षीय सुशील गुरुङको मृत्यु भएको छ । प्रहरीका अनुसार गुरुङ मोटरसाइकल पछाडी सवार थिए ।

मोटरसाइकल चालकलाई उद्धार गरेर अस्पताल पठाइएको छ ।

प्रतिक्रिया