

माल्दिभ्सविरूद्ध नेपालको प्रयोग, ८ ओभरमा ३ विकेट गुमायो

काठमाडौं – माल्दिभ्सविरुद्ध नेपालले तेसो विकेट गुमाएको छ ।
नेपालका दुवै ओपनर आशिफ शेख र कुशल भुर्तेलका साथै विनोद भण्डारी पनि आउट भएका हुन् ।
आशिफ ६ रन बनाए भने विनोद भण्डारी १३ रनमा बाहिरिए । त्यस्तै कुशल भुर्तेल ३० रन बनाएर आउट भएका छन् । अहिले नेपालका तर्फबाट गुल्सन झा र सन्दीप जोरा ब्याटिङका लागि मैदानमा रहेका छन् ।
नेपालले अहिले ८ ओभरमा ६० रन बनाएर ३ विकेट गुमाउँदै खेलिरहेको छ । नेपालको ब्याटिङ क्रममा धेरै परिवर्तन गरिएको छ । ३ विकेट गुमाइसकेको अवस्थामा पनि कुशल मल्ल र कप्तान रोहित पाैडेल मैदान प्रवेश गरिसकेका छैनन् ।
क्वाटरफाइनल प्रवेशका लागि जित्नै पर्ने खेलमा नेपालले अघिल्लो खेलमा उत्कृष्ट क्रिकेट खेलेका कुशल मल्ल, दीपेन्द्रसिं एरीलाइ पनि समेटिएको छैन । नेपालले माल्दिभ्सविरूद्ध प्रयोग गरिरहेको छ ।

