माल्दिभ्सविरुद्ध नेपाललाई पहिलो झड्का, विनोद भण्डारी क्रिजमा


काठमाडौं – माल्दिभ्सविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ ।

आशिफ शेख मात्र ६ रनमा आउट भएका हुन् । अहिले नेपालका लागि कुशल भुर्तेल र विनोद भण्डारीले ब्याटिङ गरिरहेका छन् । आशिफ बाहिरिएपछि तेस्रो नम्बरमा भण्डारी मैदान प्रवेश गरेका हुन् ।

नेपालले अहिले ५ ओभरमा ४७ रन बनाएर खेलिरहेको छ । चीनमा जारी एसियाली खेलकुद अन्तरगतको आफ्नो दोस्रो खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो ।

आजको खेलमा पनि नेपाल रोहित पौडेलको कप्तानीमा मैदानमा उत्रेको छ । नेपाली टोलीमा पौडेलसहित आशिफ शेख, कुशल मल्ल, कुशल भुर्तेल, विनोद भण्डारी, गुल्सन झा, सोमपाल कामी, सन्दीप जोरा, अविनाश बोहोरा, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने रहेका छन् ।

नेपालले पहिलो खेलमा मंगोलियाविरुद्ध विश्व कीर्तिमानी जीत हासिल गरेको थियो ।

 

प्रतिक्रिया