२ कक्षाका विद्यार्थी होस्टेलमै झुण्डिएको अवस्थामा फेला


सुर्खेत – सुर्खेतको एक निजी विद्यालयको होस्टेलमा बस्ने बालक मृत फेला परेका छन्।

वीरेन्द्रनगरमा रहेको उषा बालवाटिका विद्यालयको होस्टलमा ८ वर्षीया बालक झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। चामुण्डा विन्द्रासैनी नगरपालिका–२ घर भएका सलाम पुलामी मृत फेला परेका हुन्।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार शुक्रबार बेलुका पुलामी बेडमा झुण्डिएको अवस्थामा फेला परेका थिए। उनी कक्षा २ मा पढ्थे।

घटना शंकास्पद भएको भन्दै आफन्तहरू आन्दोलित बनेका छन्। आफन्तले होस्टेल बाहिर तोडफोडसमेत गरेका छन्। आफन्तले शव उठाउन दिएका छैनन्।

आफन्त आक्रोशित बनेपछि प्रहरीले अश्रु ग्याँस प्रहार गरेको छ। घटना भएको आसपास क्षेत्र तनावग्रस्त बनेको छ। प्रहरीले सञ्चालक पक्षलाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया