

उड्दै गरेको श्री एयरलाइन्सको माउन्टेन फ्लाइटमा समस्या

काठमाडौं – श्री एयरलाइन्सको जहाजमा आज बिहान उड्दाउड्दै समस्या आएको छ । एयरलाइन्सको एसएचए १६०१ को जहाजमा समस्या आएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले श्री एयरलाइन्सको जहाजको माउण्टेन फ्लाइटमा समस्या आएको बताए ।
उनले भने, ‘एयरलाइन्सको एसएचए १६०१ को माउण्टेन फ्लाइटमा समस्या आएको थियो । सो जहाजको इन्धन लिकेज भएको हो । बिहान ७ बजे जहाज उडेको थियो । जहाजको उडान ५० मिनेटको थियो । ५० मिनेटमा नै जहाज अवतरण गरेकाले त्यसलाई ठूलो समस्या भन्न मिल्दैन ।’
जहाजको दायाँ इन्जिनबाट इन्धन लिकेज भएको उनले बताए ।

