डेढ लाख घुससहित मालपोतका नासु र खरिदार पक्राउ


काठमाडौं – भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीका नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारी घूस रकमसहित रंगे हात पक्राउ परेका छन्।

उनीहरूलाई अख्तियार अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले शुक्रबार १ लाख ५० हजार रुपैयाँ घूससहित पक्राउ गरेको हो।

घूसबापतको रकम लिइसकेको अवस्थामा उक्त रकमसहित सुनसरीको इनरुवा नगरपालिका वडा नं ३ मालपोत चोकबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ।

नासु र खरिदारले सेवाग्राहीसँग घूस मागेको उजुरीपछि अख्तियार सक्रिय भएको थियो ।

प्रतिक्रिया