लम्बियो एमाले वाग्मती प्रदेश अधिवेशन, मतदान भोलि


काठमाडौं – नेकपा (एमाले) वाग्मती प्रदेशको पहिलो अधिवेशन जारी छ । तोकिएको कार्यतालिका अनुसार प्रक्रिया अगाडी बढाउन नसक्दा अधिवेशन लम्बिएको छ । जसका कारणआज बिहान ८ जो हुने भनिएको मतदान भोली (शुक्रबार) मात्र हुने भएको हो ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी अधिवेशनको निर्वाचन कार्यक्रम संशोधन गरिएको छ । संशोधित कार्यतालिका अनुसार आज बेलुका ८ बजेसम्म उमेदवारी फिर्ता, ९ बजे उमेदवारको अन्तिम नामावली प्रकाशन गरिने स्थायी कमिटी सदस्य तथा अध्यक्ष मण्डलका सदस्य शेरबहादुर तामाङले जानकारी दिए ।

त्यस्तै, मतदान भोलि (शुक्रबार) बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालयमा हुने बताइएको छ । नेतृत्व चयनका लागि अहिले पनि सहमतिको प्रयस जारी छ ।
अध्यक्ष पदमा पाँच आकांक्षीले उमेदवारी दर्ता गराएका थिए । त्यसमध्ये केशवराज पाण्डेले आफ्नो उमेदवारी फिर्ता लिएका छन् । उनले अर्का प्रत्याशी कैलाश ढुंगेललाई समर्थन गर्ने बताएका छन् ।

प्रतिक्रिया