ई: र महानगरबीच सहमति, आन्दोलन स्थगित


काठमाडौं – अघिल्लो मंगलबारदेखि आन्दोलनमा रहेका सामाजिक अभियन्ता ईः र काठमाडौं महानगरपालिकाबीच सहमति भएको छ ।

पछिल्लो नौ दिनदेखि काठमाडौंको राष्ट्रिय सभागृह अगाडी उभिएर नगर प्रमुख बालेन्द्र शाहले चुनाव अघि गरेका बाचा सम्झाउन भन्दै आन्दोलन गरेका ईः ले सहमति पछि आफ्नो आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।

महानगर र ई: बीच कानुनले निषेध गरेका स्थानबाहेक अन्यत्रका उपयुक्त स्थलहरु पहिचान गरेर फुटपाथ र सार्वजनिक स्थलमा व्यापार व्यवसाय गर्न महानगरले एक हप्ताभित्र पहल गर्ने सहमति भएको छ ।

प्रतिक्रिया