महानगरपालिका र आन्दोलनरत अभियन्ता ई:टाेलीबीच वार्ता जारी


काठमाडौं – काठमाडौं महानगरपालिका र आन्दोलनरत सामाजिक अभियन्ता ई:काे टोलीबीच वार्ता भइरहेको छ । महानगरपालिकाको प्रतिनिधि र अभियन्ता ईस्का टोलीहरूबीच अहिले वार्ता जारी छ।

वार्तामा ई:का तर्फबाट अधिवक्ता सञ्जय अधिकारी, विवेकशील साझाका सहसंस्थापक गोविन्द नारायण लगायत सहभागी छन् भने महानगरपालिकाका तर्फबाट महानगरका प्रवक्ता नवीन मानन्धर, वडाध्यक्ष चीनकाजी महर्जन लगायत सहभागी छन् ।

फुटपाथ पसललाई व्यवस्थापन गर्नुपर्ने माग राख्दै सामाजिक अभियन्ता ई: असोज २ गतेदेखि काठमाडौंको राष्ट्रिय सभा गृह अगाडि उभिइरहेका छन्। मंगलबार बिहानै आन्दोलनरत अभियन्ता ईस्लाई भेट्न काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल पुगेकी थिइन्।

उनले ई:काे स्वास्थ्य अवस्था बुझेकी थिइन्। यस्तै,उनले मागको सम्बोधनका गर्नको लागि पहल गर्ने प्रतिबद्धता पनि जनाएकी थिइन्।

प्रतिक्रिया