संस्थापनइतर तरूण दलको भेला सम्पन्न


काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको संस्थापनइतर समूहको भेला सम्पन्न भएको छ ।

राजधानीको बत्तिसपुतलीमा सोमबार डा. शेखर कोईराला र गगन थापा समूहबाट मनोनित भएका तरूण दलका केन्द्रिय सदस्यहरुको छुट्टै भेला बसेको थियो ।

भेलामा मनोनित भएको २ महिना पूरा भई सक्दा पनि सपथग्रहण नभएको र तरुण दलको भावी रणनीतिबारे छलफल भएको केन्द्रिय सदस्य रोशन पाण्डेले जनाए ।

पाण्डेका अनुसार तरूण दलबारे आन्तरिक छलफल र आगामी रणनीति र कुराकानी गरिएको थियो ।

भेलाले तरूण दल केन्द्रीय कार्यालयमा संस्थापक अध्यक्ष सिंहध्वज खड्काको फोटो राख्न पनि माग गरेको छ। भेलामा सहभागी केन्द्रीय सदस्यहरुले नेता शेखर कोइराला, महामन्त्री गगन थापा समूह एक भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

भेलामा बोल्ने अधिकांश सदस्यहरुले समय मै अधिवेशन गराउनु पर्ने, तत्काल जिल्ला अधिवेशनको मिति तोक्न समेत माग गरेका छन् ।

प्रतिक्रिया