

साफ यू-१९ फुटबल : माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं – नेपालमा जारी साफ यु-१९ च्याम्पियनसिपमा माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमाप्रवेश गरेको छ । दशरथ रंगशालामा आज भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले माल्दिभ्सलाई ३(१ ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।
सेमिफाइनल खेलमामा नेपालले अब भुटान वा भारतसँग खेल्ने छ । आजको खेलमा नेपाललाई जिताउन प्रशान्त लक्सम, समीर तामाङ र निराजन धामीले गोल गरे ।
प्रशान्तले १६औं मिनेटमा गरेको लङ रेञ्ज प्रहार पोस्टको माथिल्लो भागबाट जाली चुम्न पुगेको थियो । यस्तै २९ मिनेटमा समीरले निराजन धामीको थ्रो पासमा गोल गर्दै नेपालको अग्रता दोब्बर पारेका थिए ।
तर ५७ औं मिनेटमा माल्दिभ्सले १ गोल फर्कायो । ८८औं मिनेटमा निराजनले गोल गर्दै नेपाललाई ३(१ ले जिताए ।

