बालेनको आन्दोलनरत अभियन्तालाई प्रश्न, ‘वार्ता तपाईंका नेतासँग गर्नुपर्ने हो ?’


काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले आन्दोलनमा रहेका अभियन्ताहरुलाई  वार्तामा बोलाउँदा नआएकोमा गुनासो गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् मेयर बालेनले आन्दोलनमा रहेका केही अभियन्ताहरुलाई वार्ता र संवादका लागि बोलाउँदा नआएकोमा राजनीतिक स्वार्थ जोडिएको हो कि भन्ने आशंका समेत व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत् ‘के वार्ता हामीले उहाँहरुको नेतासँग गर्न पर्ने ?’, भनेर प्रश्न समेत गरेका छन् ।

 

प्रतिक्रिया