

अवैध औषधि बिक्रेता पक्राउ

कञ्चनपुर – कञ्चनपुरमा अवैध औषधि बिक्री वितरण गर्दै आएका एक जना पक्राउ परेका छन् ।
जिल्लाको बेलौरी नगरपालीका-९ कुण्डाका ४३ वर्षीय सुनिराम चौधरी लालझाडी गाउँपालिका-६ चान्देवमा मेडिकल सञ्चालन गर्दै आएका थिए । चौधरीले सञ्चालन गरेको जनता मेडिकल हलमा अवैध औषधिसहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।
चौधरीलाई कारबाहीका लागि औषधि विभाग व्यवस्था शाखा कार्यालय नेपालगंज बाँकेमा पठाएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीबाट सादा पोशाकमा खटिएको प्रहरी टोली र इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट प्रहरी नायव निरीक्षक प्रकाशदत्त जोशीको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले उक्त मेडिकलमा अवैध औषधि फेला पारेको हो । साथै प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

