


पूर्वराजा ज्ञानेन्द्र भक्तपुरको तलेजु मन्दिरमा, स्थानियद्वारा भव्य स्वागत

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह आज (आइतबार) भक्तपुर पुगेका छन् । पूर्वराजा शाह भक्तपुरवासीको निमन्त्रणामा भक्तपुर पुगेका हुन् ।
शाह भक्तपुर पुग्दा स्थानीयहरूले नेपालको राष्ट्रिय झण्डासहित भव्य स्वागत गरेका थिए । उनले भक्तपुर दरबार क्षेत्रको अवलोकन गर्नुका साथै तलेजु भवानीको दर्शनसमेत गरेका थिए ।

