देउवालाई प्रधानमन्त्रीको प्रस्ताव, यस्ता छन् प्रचण्ड–नेपालका अन्य शर्त


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आगामी प्रधानमन्त्रीका लागि प्रस्ताव गरेका छन्।

प्रचण्ड–नेपालले आगामी सरकार ओलीबाहेकको राष्ट्रिय सहमतिको हुनुपर्ने जनाउँदै त्यसमा जनता समाजवादी पार्टीलाई पनि समेटेर जानुपर्ने सुझाव दिएका छन्।

तर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्नका लागि अन्य शर्त पनि अघि सारिएका छन्। प्रधानमन्त्री ओलीविरुद्धको अविश्वासको प्रस्ताव पारित गराउनका लागि सहयोग माग गर्दै त्यसमा जनता समाजवादी पार्टीको पनि समर्थन आवश्यक रहेकाले संयुक्त सरकारका लागि प्रस्ताव गरिएको हो।

सातै प्रदेशमा कांग्रेसको समर्थनमा नेकपाको सरकार हुनुपर्ने शर्त सारिएको छ। स्रोतका अनुसार देउवाले उक्त शर्तलाई मानिसकेका छैनन्। प्रचण्ड–देउवाबीच भएको टेलिफोन संवादका क्रममा नै यस्तो विषयमा कुराकानी भएको थियो। थप छलफलका लागि प्रचण्ड–नेपाल देउवा निवास बुढानिलकण्ठमा छन्।

प्रतिक्रिया