नाचगान गर्दै आन्दोलनमा शिक्षकहरू


काठमाडौं – विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकहरुले आज तेस्रो दिन पनि प्रदर्शनलाई निरन्तरता दिएका छन् ।

शिक्षकहरुको छाता सङ्गठन नेपाल शिक्षक महासङ्घले असोज ३ गतेदेखि आन्दोलन सुरु गरेको हो ।

माइतीघरमा जम्मा भएर शिक्षकहरुले नयाँबानेश्वरसम्म प्रदर्शन गर्दैछन् । प्रदर्शनकै क्रममा शिक्षकहरुले सडकमै नाचगान गरेका छन् ।

संसदमा दर्ता भएको शिक्षा विधेयकमा महासङ्घले विभिन्न १८ बुँदे असहमति प्रकट गरेको छ ।

जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् ।

सो माग पूरा नभएसम्म आन्दोलन नरोकिने महासङ्घले चेतावनी दिएको छ ।

 

प्रतिक्रिया