सिंहदरवारभित्रै घुसेका वैद्य माओवादीका ११ जना कार्यकर्ता पक्राउ


काठमाडौँ – काठमाडौँमा जारी शिक्षक आन्दोलनका क्रममा वैद्य निकट विद्यार्थी सङ्गठनका ११ जना कार्यकर्ता पक्राउ परेका छन् ।

निषेधित क्षेत्र तोड्दै सिंहदरवार गेटभित्र प्रवेश गरेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

शिक्षा विधेयकको विरुद्धमा शिक्षकहरूले गरिरहेको आन्दोलनमा वैद्यनिकट विद्यार्थीहरू सहभागी भएका थिए ।

शान्तिपूर्ण आन्दोलन भइरहँदा उनीहरूले प्रहरीलाई घेरा तोडेर सिंहदरबारको दक्षिण गेटभित्र प्रवेश गरेका हुन् ।

प्रहरीले पक्राउ गरी उनीहरूले नाराबाजी गरेका थिए ।

प्रतिक्रिया