कांग्रेस केन्द्रीय समिति बैठकमा शिक्षक आन्दोलनबारे छलफल


काठमाडौं – नेपाली कांग्रेस आज (बिहीबार) सानेपास्थित केन्द्रिय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा शिक्षक आन्दोलनको विषयबारे पनि छलफल भएको छ।

बैठकमा उपसभापतिसमेत रहेका कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शिक्षकहरूसँग सरकारले वार्ता थालेको जानकारी गराएका छन्। ‘उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा आजदेखि शिक्षकहरूसँग वार्ता सुरू भएको छ,’ खड्काले भने, ‘शिक्षकहरूको समस्या समाधान हुन्छ, हामीले समस्या समाधान गर्छौं।’

सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै शिक्षकहरूले बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका छन्। नेपाल शिक्षक महासंघका प्रतिनिधि र उपप्रधानमन्त्री श्रेष्ठसहितले आज बिहान गृह मन्त्रालयमा वार्ता गरे पनि छलफल निष्कर्षमा पुगेको थिएन।

प्रतिक्रिया