पानीटंकी नाकाबाट भारततर्फ लैजाँदै गरेका तीन बालकको उद्धार


झापा – झापाको काँकडभिट्टा–पानीटंकी नाकाबाट भारततर्फ लैजाँदै गरेका तीन बालकको उद्धार गरिएको छ ।

अपरिचित व्यक्तिले ललाईफकाई भारत लैजाँदै गरेका उनीहरूलाई भारतीय एसएसबीले सीमा नाकाबाटै उद्धार गरी सशस्त्र प्रहरीलाई जिम्मा लगाएको हो ।

उद्धार गरिएका बालकहरू मेचीनगर नगरपालिका– १० स्थित धुलाबारी पाथीभरा टोलका १५ वर्षीय विशाल दनुवार, सोही ठाउँका १२ वर्षीय युवराज तामाङ र १२ वर्षीय सूर्य चौधरी रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाले जनाएको छ ।

बालकहरूलाई भारततर्फ लगिरहेको सूचना पाएलगतै सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाको टोलीले तत्काल भारतीय एसएसबीसँग समन्वय गरेको थियो ।

एसएसबीले उद्धार गरेका बालकहरूलाई सोमबार राती साढे ८ बजे सशस्त्रलाई जिम्मा लगाएको छ ।

 

प्रतिक्रिया