प्रधानमन्त्री ओलीले राजीनामा नदिने, अविश्वास प्रस्ताव सामना गर्ने


काठमाडौं– सर्वोच्च अदालतको संवैधानिक इजलाशले प्रतिनिधि सभा विघटनको निर्णय बदर गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने भएका छन्।

१३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउनुपर्ने समयसीमा तोक्दै इजलाशले संसद विघटनलाई बदर गरेको थियो। यो फैसलासँगै नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले खुसीयाली मनाएको छ भने विभिन्न दलले फैसलाको स्वागत गरेका छन्।

ओलीलगायत उनको मन्त्रिमण्डल र समूहका पार्टी नेताले पनि त्यसलाई स्वीकार गरिने बताइसकेका छन्। प्रतिनिधि सभा विघटनको फैसला बदर भएपछि प्रधानमन्त्री ओलीले राजीनामा दिने कतिपयले आँकलन गरेका थिए।

तर ओलीले राजीनामा नदिने निर्णय गरेका छन्। प्रचण्ड–नेपाल पक्षले अविश्वासको प्रस्ताव सदनमा पेश गरेको खण्डमा त्यसको सामना गरेर अघि बढ्ने ओलीले निर्णय गरेका हुन्। उनका प्रेस सल्लाहकार सूर्य थापाले पनि प्रधानमन्त्री त्यसरी नै अघि बढ्ने जनाएका छन्।

प्रतिक्रिया