

सेनाका सहायक रथी अधिकारीको पदावधि ३ वर्ष थप्ने निर्णय

काठमाडौं – नेपाली सेनाका सहायक रथी यामबहादुर अधिकारीको पदावधि ३ वर्ष थप्ने निर्णय गरिएको छ ।
मन्त्रिपरिषद्को बैठकले अधिकारीको पदावधि ३ वर्ष थप्ने निर्णय गरेको हो ।
उनी माओवादीको सेनाबाट नेपाली सेनामा समायोजन भएका हुन् । सेनामा समायोजन हुँदा उनले महासेनानीको दर्जा पाएका थिए ।
असोज १ गतेबाट अवकाशमा जान लागेका अधिकारीको पदावधि थप भएको सैनिक प्रवक्ता (सहायक रथी) कृष्ण प्रसाद भण्डारीले बताए ।
धादिङको मार्पाक घर भएका अधिकारी हाल वन तथा पर्यावरण सुरक्षा निर्देशनालयको निर्देशक पदमा कार्यरत छन् ।

