

शेखरले बोलाएको बैठकमा विश्वप्रकाश र प्रदीप पौडेल सहभागि नहुने

काठमाडौं – कांग्रेस नेता डा. शेखर कोइरालाले बोलाएको छलफलमा महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल अनुपस्थित हुने भएका छन् ।
नेता कोइरालाले आफ्नो समूहको बैठकमा महामन्त्री शर्मा र पौडेललाई पनि बोलाएका थिए ।
दिउँसो साढे १ बजे कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बस्ने बैठकमा महामन्त्री शर्मा उपस्थित नहुने जनाइएको छ ।
नेता कोइरालाको कार्यशैलीप्रति शर्माका केही गुनासा भएकाले बैठकमा उपस्थित नहुने जनाइएको हो भने नेता प्रदीप पौडेल भने चीन भ्रमणमा जान लागेकाले बैठकमा सहभागी नहुने भएको जनाइएको छ ।

