

प्रधानसेनापति अन्तर्राष्ट्रिय ट्राइ एन्डभेन्चर कात्तिक ३ मा हुने

काठमाडौं – प्रधानसेनापति अन्तर्राष्ट्रिय ट्राइ एन्डभेन्चर प्रतिस्पर्धाको छैटौं संस्करण आगामी कात्तिक ३ गते हुने भएको छ।
काठमाडौंमा आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै सेनाले प्रतियोगिताको मिति र सहभागी टिमबारे जानकारी दिएको हो।
इभेन्टमा ४३ दशमलव ७ किलोमिटरको दूरी पार गर्नुपर्नेछ। जसमा ६ दशमवल ७ किलोमिटरको दौड, २६ किलोमिटर साइक्लिङ र ११ किलोमिटरको र्याफिटिङ रहनेछ।
अहिलेसम्म भारतबाट दुई, अमेरिकाबाट एकजना पुरुष खेलाडीले सहभागिता जनाउने निश्चित भएको छ।
प्रत्येक टिममा चारजना खेलाडी र एकजना प्रशिक्षक तथा एकजना म्यानेजर हुनेछ। प्रतियोगितामा १८ वर्षभन्दा बढी उमेरको खेलाडीले मात्र प्रतिस्पर्धा गर्न पाउनेछन्। प्रतियोगिता धादिङको बैरेनीमा हुनेछ। पुरुषतर्फको विजेताले एक लाख ३० हजार, दोस्रो हुनेले एक लाख र तेस्रो स्थान प्राप्त गर्नेलाई ७५ हजार पुरस्कार प्रदान गरिनेछ।
चौथो हुनेले २५ हजार र पाँचौं स्थानमा रहनेले १५ हजार पाउनेछन् । महिलातर्फ भने शीर्ष तीनलाई मात्र पुरस्कारको व्यवस्था छ। पहिलो हुनेले ७५ हजार, दोस्रोलाई ५० हजार र तेस्रो स्थानमा आउनेले ३० हजार प्राप्त गर्नेछन्।

