

हरेक पर्व हाम्रा पहिचान र गौरव हुन्ः देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले हाम्रो देश अनेक धर्म, अनेक संस्कृति र अनेक पर्वले समृद्ध रहेको उल्लेख गर्दै यी पर्व हाम्रा पहिचान र गौरव भएको उल्लेख गरेका छन् ।
सभापति देउवाले सबै खाले पर्वमा आपसी प्रेम, सद्भाव, विश्वास र भाइचारा व्यक्त गर्ने हाम्रो परम्पराले समाजलाई एक साझा फूलबारीका रूपमा प्रतिविम्वित गर्दै आएको उल्लेख गर्दै तीजमा चेलीहरू माइत आउने र पारिवारिक सम्बन्धलाई हार्दिक बनाउन भूमिका निर्वाह गर्ने दृष्टिले पनि यसको विशेष महत्त्व रहेको बताएका छन् ।

