कर्णालीमा तीन वर्षमा ५५ वटा झोलुङ्गे र २२ वटा पक्की पुल निर्माण


सुर्खेत – कर्णाली प्रदेश सरकारले तीन वर्षमा ५५ वटा झोलुङ्गे पुल र २२ वटा पक्की पुल निर्माण गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ देखि हालसम्म प्रदेशका १० जिल्लामा ५५ वटा झोलुङ्गे पुल र २२ वटा पक्की पुल निर्माण गरिएको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सूचना अधिकारी रमेश सुवेदीका अनुसार तीन आर्थिक वर्षमा जनता आवास कार्यक्रमअन्तर्गत दुई हजार सात सय ८० घर निर्माण भएका छन् । सोअन्तर्गत सङ्घ सरकारबाट दुई हजार चार सय ८९ वटा घर निर्माण भएका छन् भने प्रदेशबाट जनता आवास कार्यक्रममार्फत दुई सय ९१ वटा घर निर्माण गरिएको छ ।

निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमबाट प्रदेशभर एक सय ७९ भवन, ९९ सडक, सात विद्युतीय संरचना, ३९ तटबन्ध र बाँध, ६८ सिँचाइ आयोजना र ४१ खानेपानी योजना निर्माण भएको मन्त्रालयका सूचना अधिकारी सुवेदीले बताए ।

प्रतिक्रिया