मिटरमा नचल्ने ट्याक्सीलाई कारबाही


कास्की – पोखरामा मिटर प्रणालीमा नचल्ने ट्याक्सी कारबाहीमा परेका छन् । एक महिनाको अवधिमा ९५ ट्याक्सीलाई कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालय, कास्कीका प्रहरी वरिष्ठ नायब निरीक्षक शिवप्रसाद पाठकले जानकारी दिए ।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले यही भदौ १ गतेदखि पोखरा उपत्यकामा अनिवार्य मिटर प्रणाली लागू गरेको थियो । “मिटर प्रणाली लागू भएपछि ट्याक्सीको कडाइका साथ अनुगमन भइरहेको छ”, प्रवनानि पाठकले भने, “जरिवानाबाट रु ९८ हजार राजस्व उठेको छ, अझै ५१ ट्याक्सीको राजस्व जम्मा हुन बाँकी छ ।”

मिटरमा नगुड्ने ट्याक्सीलाई सवारी ऐनअन्तर्गत कारबाही गर्ने गरिएको उनको भनाइ छ । मिटरमा हिँड्न अटेर गर्ने ट्याक्सी चालकले न्यूनतम रु दुई हजार एक सयदेखि बढीमा रु पाँच हजार पाँच सयसम्म जरिवाना तिरेका हुन् ।

प्रतिक्रिया