यस्ता छन् मन्त्रिपरिषद् बैठकका २३ निर्णय


काठमाडौं – सरकारले अपर अरुण जलविद्युत् परियोजनाको पूर्व तयारीका लागि विश्व बैंकबाट प्राप्त हुने ६ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले सो जानकारी गराइन् ।

बैठकले राष्ट्रिय सिँचाइ नीति, २०८० स्वीकृत गर्ने निर्णय पनि गरेको छ । बैठकले तीन सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकको सरुवा गर्ने निर्णय गरेको उनले बताइन् ।

त्यस्तै, नेपाल न्याय सेवा, न्याय सेवाको राजपत्राङ्कित प्रथम श्रेणीका १३ अधिकृतहरूको सरुवा गर्ने निर्णय पनि बैठकले गरेको छ ।

 

प्रतिक्रिया