

काठमाडौं र धनुषामा आगलागीबाट २ करोडभन्दा बढीको धनमाल जलेर नष्ट

काठमाडौं – काठमाडौं र धनुषामा आगलागीबाट २ करोड भन्दा बढीको क्षति भएको छ ।
काठमाडौं महानगरपालिका-२७ महाबौद्ध वटु गुच्चाटोलस्थित सोही महानगरपालिका-२९ घट्टेकुलो बस्ने ओखलढुङगा चम्पादेवी गाउँपालिका-६ घर भएका शम्भु न्यौपानेको फुलबारी ईम्पोरियम कपडा पसलको गोदाममा विद्युत सर्ट भई आइतबार बिहान आगलागी हुँदा करिब १ करोड रूपैयाँ बराबरको कपडाहरु जलेर नष्ट भएको छ ।
त्यस्तै धनुषा, जनकपुर उपमहानगरपालिका-४ स्थित विश्वकर्मा चोक बस्ने श्याम प्रसाद साहको जनक अटो सेल्स एसियर पार्टस एण्ड सर्भिस सेन्टरमा विद्युत सर्ट भई गएराति आगलागी हुँदा अटो र मोटरसाइकल मर्मतका सम्पूर्ण पार्टपुर्जाहरु, मर्मतको लागि राखिएका ५ वटा अटो, बिक्रीको लागि राखिएका ५ वटा नयाँ अटो र घर समेत पूर्ण रूपमा जलेर करिब १ करोड रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

