


प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौ – प्रि-ओपन सेसनमा नेप्से सूचक २.९२ विन्दुले बढेको छ । यससँगै सूचक २००९.९८ विन्दुमा रहेको छ ।
६३ लाख १४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३५ कम्पनीको १२ हजार ८२८ कित्ता सेयर कारोबार भएको हो ।
यो सेसनमा कुल १०१ पटक सेयर कारोबार भएको हो । १० कम्पनीको भाउ बढ्दा १५ मूल्य घटेको छ ।
बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

