पेट्रोलियम पदार्थको मुल्य बढ्यो, प्रतिलिटर कति पुग्यो ?


काठमाडाैं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकले पेट्रोलको प्रतिलिटर १ तथा डिजेल र मट्टितेलको प्रतिलिटर ३ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।

इन्डियन आयल कर्पोरेशनले शुक्रबार नै पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ १२ पैसा तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ ९१ पैसा वृद्धि गरेर निगमलाई नयाँ मूल्यसूची पठाएको थियो । सोहीअनुसार स्वचालित मूल्य प्रणालीका आधारमा मूल्य अभिवृद्धि करसहित समायोजन गरेर मूल्यवृद्धि गरेको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।

बढेको मूल्य शनिबार मध्यराति १२ बजेर १ बजेदेखि लागू हुने बताइएको छ । यससँगै काठमाडौंमा पेट्रोलको मूल्य १८३ र डिजेल तथा मट्टितेलको मूल्य १७३ पुगेको छ। हाललाई ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखिएको छ ।

प्रतिक्रिया