गोविन्द केसीद्वारा सत्याग्रह तीन महिनाका लागि स्थगित भएको घोषणा


काठमाडौँ –  डा. गोविन्द केसीले आजबाट सुरु गर्ने भनिएको सत्याग्रह तीन महिनाका लागि स्थगित गरेको घोषणा गरेका छन्।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै केसीले आजबाट सुरु गर्ने भनिएको सत्याग्रह तीन महिनाका लागि स्थगित गरेको जानकारी दिएका हुन्।

चिकित्सा शिक्षा आयोगका नवनियुक्त उपाध्यक्षले आफू दलीय आबद्धता र स्वार्थको द्वन्द्वबाट टाढा रहेको तथा चिकित्सा शिक्षा ऐन र नियमावलीअनुसार पदीय दायित्व निर्वाह गर्न प्रतिबद्ध रहेको सार्वजनिक प्रतिबद्धता गरेपछि उनले सत्याग्रह स्थगित गरेको बताएका छन्।

प्रतिक्रिया