कुटेर बुबाको हत्या गर्ने छोरा पक्राउ


दाङ – कुटपिट गरी आफ्नै बुवाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका(५ दलजितपुर बस्ने २८ वर्षीय सन्तोष केसीले बुवा ५१ वर्षीय प्रेम बहादुर केसीको क्टपिट गरी हत्या गरेको अभियोगमा सन्तोषलाई प्रहरीले पक्राउ गरेको हो ।

सुतिरहेको अवस्थामा सन्तोषले कुटपिट गर्दा गम्भीर घाइते भएका प्रेम बहादुरको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ हुँदै मेडिकल कलेज कोहलपुर बाँकेमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

मादक पदार्थ सेवन गरी आफ्नै बुवालाई कुटपिट गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट दलजितपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया