
हिन्दु राज्य स्थापनाको माग गर्दै राप्रपा नेपालद्वारा काठमाडौँमा प्रदर्शन
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले काठमाडौँमा प्रदर्शन गरेको छ।
पार्टीका अध्यक्ष कमल थापाको नेतृत्वमा राप्रपा नेपालले आज दिउँसो काठमाडौँको भद्रकालीबाट सुरु भएको प्रदर्शनी टुँडिखेल परिक्रमा गर्दै भृकुटीमण्डपमा कोण सभा गरिएको थियो।
राप्रपा नेपालले मुलुकमा संवैधानिक हिन्दु राज्य स्थापना हुनुपर्ने माग राखेको छ। प्रदर्शनमा सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो।
प्रदर्शनका कारण सुन्धारा९रत्नपार्क क्षेत्रमा सवारी आवागमन ठप्प भएका थिए।



कागजपत्र |
