प्रतिनिधिसभाको अर्को बैठक असोज १४ मा


काठमाडौं – प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको अर्को बैठक असोज १४ गते आइतबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरेका हुन् ।

आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका थिए।

प्रधानमन्त्री दाहालले आफ्नो अमेरिका र चीन भ्रमण तथा सरकारलाई गत भदौ २१ गते दिइएको रूलिङअनुसार उनले विभिन्न विषयमा संसदलाई जानकारी गराएका थिए।

 

प्रतिक्रिया