भारतसँग फाइनलमा कस्को भेट होला, पाकिस्तान वा श्रीलंका ?


काठमाडाैं – भारत एसिया कप क्रिकेटको फाइनलमा पुगेको छ । सुपर फोरका लगातर दुई खेल जित्दै भारत एक खेलअघि नै फाइनलमा पुगेको हो । सुपर फोरको पहिलो खेलमा पाकिस्तानविरुद्ध शानदार विजयी हासिल गरेको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ४१ रनले पराजित गदैँ एक खेलअघि नै फाइनलमा पुग्न सफल भएको छ । अव शुक्रबार (भोली) हुने बंगलादेशसँगको खेल भारत र बंगलादेश दुबै टिमको लागि औपचारिकताको लागि मात्र खेल्नेछन् । बंगलादेश यसअघिनै पाकिस्तान र श्रीलंकासँग पराजित भइसकेकोले उसका लागि फाइनलको ढोका बन्द भइसकेको छ ।

सुपर–४ को दोस्रो खेलमा भारतले टस जितेर पहिले ब्याटिङ गर्दा ४९.१ ओभरमा २१३ रनमै समेटिएको थियो । भारतीय टिमको १० वटै विकेट । श्रीलंकन स्पिनरहरुले लिएका थिए । २० वर्षीय युवा बलर दुनिथ वेल्लालगे एक्लैले भारतको पाँच विकेट लिएका थिए भने चरिथा असलंकाले चार विकेट र महिशा तिक्षँनाले एक विकेट लिएका थिए ।

भारतले २१३ रन बनाउने क्रममा रोहित शर्माले ५३,केएल राहुलले ३९, इशान किसनले ३३, अक्षर पटेलले २६ र शुभमन गिलले १९रन बनाए । अरु खेलाडीले दोहोरो अकंमा रन बनाउन सकेनन् । जबाफी ब्याटिङमा उत्रिएको श्रीलंकाले भने झिनो बिजय लक्ष्य पनि भेटाउन सकेन । २१४ रनको लक्ष्य पछएको श्रीलंंका ४१.३१ओभरमा १७२ रन बनाउँदा अलआउट हुन पुग्यो । श्रीलंकाको लागी वलिङमा पाँच विकेट लिएका दुनिथ वल्लालगेले सर्वधिक ४२ रन जोडे भने डिसिल्भा ४१, चरिथ असलंका २२, सदीरा समराविक्रमा १७ र कुशल मेन्दिसले १५, रन बनाए भने अरु ब्याटरले दोहोरो अकं जोडन सकेनन् ।

भारतका कुलदीप यादवले ४ विकेट लिएका थिए भने जसप्रित बुमराह र रवीन्द्र जडेजाले समान २÷२ विकेट लिएका थिए । महोम्मद सिराज र हार्दिक पान्डयाले एक–एक विकेट लिएका थिए । खेलमा पराजित भएपनि बल र ब्याट दुवैमा चलेका श्रीलंकाका युवा खेलाडी वेल्लालगे ‘प्लेयर अफ द म्याच’ भए ।

अब फाइनल प्रवेशका लागि आज श्रीलंका र पाकिस्तान भिड्दैछन् । दुवैटिमलाई जित्नै पर्ने बाध्यतासहित मैदानमा उत्रन लागेका यी दुई टिममा रनरेटका आधारमा श्रीलंका दोस्रो स्थानमा हेको छ । बंगलादेशले अकं तालिकाको पुछारमा छ र उसले खाता समेत खोल्न सकेको छैन । आजको खेल रद्ध हुन पुगेमा श्रीलंका फाइनल पुग्नेछ भने पाकिस्तान बाहिरिनेछ । यो खेलका लागी ‘रिजर्भ डे’ राखिएको छैन ।

पाकिस्तानी टिमलाई उसका तिव्रगतिका बलर हारिश राव चोटका कारण भारतसँगको खेल गुमाएका थिए । त्यसको असर खेलमा देखिएको थियो । त्यस्तै अर्का वलर नसिम शाह पनि चोटका कारण खेल्न सक्ने वा नसक्ने टुंगो लागिसकेको छैन । पाकिस्तानको बलियो पक्ष वलिङलाई मानिन्छ तर भारतसँगको खेलमा ३५६ रनको बिशाल योगफल बनाउन भारतीय ब्याटरहरु सफल भएका थिए ।

आजको खेलमा पाकिस्तानको व्याटिङ मुख्यत बावर आजम, महोमद रिजवान, फकर जमान, इमामुल हक, र इफतकार अहमद मुख्य रहने छन् भने अलराउन्डरको रुपमा मोहमद नवाज, सदाव खान रहनेछन् । वलिङमा भने साहिन अफ्रिदी, हारिश राउफ, नसिम साले बागडोर सम्हाल्नेछन् ।

तुलनात्मक रुपमा श्रीलंका पाकिस्तानभन्दा बलियो टोलीको रुपमा देखिन्छ । श्रीलंकाले भारतविरुद्धको खेलमा भने बलिङ राम्रो गरे पनि ब्याटिङमा टिक्न सकेनन् । श्रीलंकन टिमको टपअर्डरमा चरिथा असलंका, डिमुथा करुणारत्ने, पथुम निसंका, दासुन सानका (कप्तान), कुशल मेन्डीस र अलराउन्डरमा धंन्नजय डि सिल्भा र दुनिथ वेल्लालगेले सम्हाल्नेछन् । वलिङको जिम्मेवारी भने मथिसा पथिराना महिसा तिक्षँना कासुन राजिथाको काँधमा छ ।

भारतविरुद्ध उत्कृष्ट वलिङ प्रदर्शन गरेको श्रीलंका त्यहीँ लय बलिङमा चाहान्छ भने ब्याटिङमा सुधारिएको प्रदर्शन ब्याटरहरुवाट चाहान्छ र खेल आफ्नो पक्षमा पारि फाइनलमा आफुलाई उभ्याउन चहान्छ ।

अहिले सम्मको एसिया कपको इतिहासलाई हेर्दा भारतले सर्वाधिक ७ पटक उपाधि हात पारिसकेको छ भने श्रीलंकाले ६ पटक र पाकिस्तानले मात्र २ पटक उपाधि जितेको छ । अहिलेसम्म भारत र पाकिस्तान एसिया कपको फाइनलमा आमने–सामने भएका छैनन् । यो पटक त्यो संयोग जुर्ला त ? यदि यसो भयो भने एसिया कपको फाईनलमा चिरप्रतिद्धन्दी भारत र पाकिस्तानको खेल ऐतिहासिक हुनेछ । तर एसिया कपको इतिहासलाई हेर्दा श्रीलंका सबैभन्दा बढि पटक फाइनल पुग्ने टिम हो ।

प्रतिक्रिया