

अब विद्यालय तहको अन्तिम परीक्षा कक्षा १२ को हुने, SEE हटाइने

काठमाडाैं – सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) नगर्ने गरी विधेयक संसदमा दर्ता गरेको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार संसदमा दर्ता गरेको विधेयकमा विद्यालय तहको कक्षा ८ को स्थानीय तहले र माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा राष्ट्रिय परीक्षा बोर्डले गर्ने भनेको छ ।
शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार कक्षा १० को परीक्षा विद्यालयले नै लिने भएको छ । ‘एसईई नरहने भन्ने छ । १० को परीक्षा विद्यालयले लिने, ८ को स्थानीय तहले र १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले गर्ने भनिएको छ,’ उनले भने ।
यो विधेयक संसदबाट पारित भएमा ११९० सालदेखि हुँदै आएको एसएलसी/एसईई हुने छैन ।

